नेपालले शनिबार इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दै


१४ जेष्ठ २०७८, शुक्रबार १५:३२ मा प्रकाशित

झापा । नेपालले शनिबार फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ ।

इराकको बसरास्थित अल फयहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ ।नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १० बजेर १५ मिनेटमा सुरु हुनेछ ।मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् भने राति त्यहाँको मैदानमा अभ्यास पनि गरेको छ ।

सन् २०२२मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here