पत्रकार भण्डारीको उपचारका लागि ४ लाख रुपैयाँ भन्दा बढी सहयोग संकलन


१३ जेष्ठ २०७८, बिहीबार १७:४३ मा प्रकाशित

पाँचथर । नेपाल प्रेस यूनियन पाँचथरका पूर्वउपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ पाँचथर उपाध्यक्ष एकराज भण्डारीको उपचाररर्थ नेपाल प्रेस यूनियन पाँचथरले ४ लाख रुपैयाँ भन्दा बढी सहयोग रकम संकलन गरेको छ ।
कोभिड १९ कोरोना संक्रमण भई झापाको विर्तामोड स्थित विर्ता सिटी हस्पिटलमा भेन्टिलेटर कक्षमा उपचाररत भण्डारीको लागि  ४ लाख २९ हजार ७ सय ९२ रुपैयाँ रकम संकलन भएको हो ।अहिले सम्म भण्डारीको उपचारका लागि २ लाख ६० हजार १ सय ६५ रुपैयाँ रकम (उहाँको र श्रीमतीको बैंक खातामा)यूनियनले जम्मा गरिसकेको छ ।अब बाँकी रकम पनि आवश्यकता अनुसार परिवारका सदस्यलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको यूनियनका पाँचथर अध्यक्ष जितेन्द्र भण्डारीले बताउनु भयो ।
जिल्लाका सम्पूर्ण संचारकर्मी,संघ संस्था,उद्योगी,ब्यवसायी,विद्यालय,संघ संस्था सवैबाट गरी उक्त रकम संकलन भएको हो ।दैनिक ५० देखि ६० हजार रुपैया खर्च भण्डारीको उपचारको निम्ति आउन थालेपछि यूनियनको पहलमा रकम संकलन गरिएको यूनियनले जनाएको छ ।यस्तै यूनियन बाहेक अन्य संघ संस्था तथा ब्यक्तिबाट पनि भण्डारीको उपचारको लागि सहयोग रकम जुटेको छ ।
अहिलेसम्म हिलिहाङ गाउँपालिकाले १ लाख रुपैयाँ,नेपाल पत्रकार महासंघ झापाको तर्फबाट ७५ हजार ५ सय रुपैयाँ,कञ्चजंघा एकेडेमी माध्यमाकि विद्यालय(संचालक,कर्मचारी बाट) ५० हजार रुपैयाँ,कञ्चनजंघा सहकारी फिदिमबाट ३२ हजार १ सय रुपैयाँ,मार्कण्डय भण्डारी समाज अमरपुर बाट ३४ हजार १ सय रुपैयाँ,नौलो साहित्य विहानबाट ५ हजार रुपैयाँ संकलन भएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here