झापामा थप एक साता निषेधाज्ञा लम्बियो


१३ जेष्ठ २०७८, बिहीबार १७:३२ मा प्रकाशित

झापा । झापामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा बिहिबार बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ २१ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।बैठकले खाद्यान्न,माछामासु,तरकारी,फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय जस्ताको त्यस्तै राखेको छ ।

घरमा खाद्यान्न अभाव भएको खण्डमा व्यक्तिले स्थानीय पालिका,वाणिज्य सङ्घ र प्रहरीको समन्वयमा पसलबाट खाद्यान्न लैजान पाउने एउटा निर्णय थपेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनले स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने जनाइएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान विपरीत कुनै काम गर्न बाधा पु¥याउनेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना हुने गरी सजाय तोकिएको छ।

अध्यादेशको मापदण्ड पालना नगर्नेलाई ६ महिना सम्म कैद वा तीन लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने छ।त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ,अनावश्यक रुपमा आवतजावत गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लाग्ने छ ।नयाँ अध्यादेश लागु भइसकेकोले जिल्लामा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई यी सजाय लागु हुने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here