फिफा वरीयतामा नेपाल १७१ औं स्थानमा यथावत


१३ जेष्ठ २०७८, बिहीबार १९:५२ मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ९ सय ६७ दशमलव ८८ अंकसहित १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।गत महिना पनि नेपाल १७१ औं स्थानमै रहेको थियो ।

नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेल्दै बंगलादेशलाई हराएर उपाधि जितेको थियो ।विश्वकप र एसिया कप छनोटका लागि तयारी गरिरहेको नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।यो खेलमा लागि हिजो नै नेपाली टिम इराक पुगिसकेको छ ।

यो खेलपछि विश्वकप छनोटमा खेल्न बाँकी जोर्डन, चाइनिज ताइपेइ र अष्ट्रेलियासँगको खेलमा नेपाललाई सहज हुने अनुमान गरिएको छ ।फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा रहेको छ ।दक्षिण एसियामा भारत पहिलो, माल्दिभ्स दोस्रो र नेपाल तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here