काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको दोश्रो लहरलाई नियन्त्रण गर्ने अवस्था सिर्जना भएको बताउनु भएको छ ।
दुई हजार ५६५आँैं बुद्धजयन्तीका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको दोश्रो चरणको महामारीलाई बिभिन्न तवरले नियन्त्रण गर्ने अवस्था सिर्जना भएको बताउनु भएको हो ।उहाले अव दोश्रो चरण नेपालमा धेरै लामो समयसम्म नरहने पनि बताउनुभयो ।प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन,भेन्टिलेटर र बेडका साथै अन्य स्वास्थ्य सामाग्रीको अभाव नहुने दावी गर्नुभयो ।त्यस्तै उहाले सवै नागरिकलाई खोपको पहुँचमा ल्याइने बताउनुभयो ।
सरकारका प्रयासहरुप्रति विश्वस्त रहने उहाले आग्रह पनि गर्नुभयो ।उहाँले ‘समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेका बेला कोभिड–१९ को महामारीले गम्भीर रुपमा व्यवधान पु¥याए पनि निराश हुन नहुने बताउनु भयो ।त्यस्तै उहाले मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न,शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण समेत गराउनु भयो ।





