संक्रमितभन्दा निको हुने बढे,१४५ को मृत्यु


१२ जेष्ठ २०७८, बुधबार १७:५१ मा प्रकाशित

काठमाडौं ।  देशभर गत २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुने बढेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ६ हजार ७ सय १४ जना संक्रमित थपिँदा ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन्।१९ हजार ३० जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ हजार ६ सय ७७ र ३ सय २२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जनाकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या केही घटेको छ।आज काठमाडौंमा १ हजार १ सय ३९, ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जना  गरी कूल १ हजार ४ सय ९३ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here