काठमाडौं । भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा भीषण आगलागी भएको छ ।
श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको छ ।
सिंगापुरको ध्वजावाहक पानीजहाज भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर मे १५ मा छुटेको थियो । २५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो ।
जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए । तीमध्ये दुई जना घाइते भएका छन् ।





