नेपालमा मंगलबार थप ८ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि


११ जेष्ठ २०७८, मंगलवार १७:३१ मा प्रकाशित

झापा । नेपालमा मंगलबार थप ८ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको २२ हजार ३०६ पिसिआर परिक्षणका क्रममा ८ हजार ३ सय ८७ र ६३० एन्टीजेन परिक्षणका क्रममा २४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार सात सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार चार सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा चार लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा १ लाख १७ हजार २६१ सक्रिय संक्रमित आइशोलेशनमा र ९१४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २९ लाख ५८ हजार ६२० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here