भ्रामक र अनर्गल आरोपप्रति बिएण्डसीको गम्भीर ध्यानाकर्षण,राष्ट्रप्रेमी नेपालीलाई भ्रममा नपर्न अनुरोध


११ जेष्ठ २०७८, मंगलवार १६:५४ मा प्रकाशित

झापा । बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बिर्तामोडले बिएण्डसी हस्पिटलसँग अनावश्यक रुपमा जोडेर लगाएका भ्रामक,कपोकल्पित,असत्य र झुठा अनर्गल आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मंगलबार विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै घोर निन्दा र र्भत्सना गरेका छन् ।कोरोनाभाइरस महामारीका बेला अहोरात्र खटेर नागरिकको जीवनरक्षा गरिरहेका बेला भएका यस्ता तथ्यहिन र कपोकल्पित आरोपमा विश्वास नगर्न उनले सबैमा आग्रह पनि गरेका छन् ।
कोरोनाभाइरस संक्रमितहरु काठमाडौंबाट उपचारका लागि बिएण्डसी पुुगेका बेला सो अस्पातलका सम्बन्धमा डा.गोविन्द केसी र उनका समर्थकले लगाएको आरोपप्रति कुनै सत्यता नरहेको निर्देशक प्रसाईंको दाबी छ । अस्पतालको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर गाली गलौज गरिएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘कोभिड १९को महामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवन रक्षामा दिनरात नभनी स्वास्थ्य उपचारमा समर्पित यस संस्था र मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यूउपर विदेशी भूमिमा बसेर लगाइएका यस किसिमका भ्रामक, तथ्यहीन,झुठा र निकृष्ठ गालीगलौज तथा आरोप आक्षेपको हामी घोर निन्दा र भतर््सना गर्दछौंँ’, जारी विज्ञप्तिमा भनिएको छ ।

सो मेडिकल कलेजलाई कानुनविपरीत सम्बन्धन दिन खोजिएको भन्ने आरोपलाई पनि कार्यकारी निर्देशक प्रसाईंले खण्डन गर्दै प्रष्ट्याएका छन् ।‘यस संस्थाले साविक कायम रहेको निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज÷क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्बन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जारी हुनु अगावै २०७३ फागुन १५ गते काठमाडौं विश्वविद्यालयसमक्ष दिएको निवेदनका आधारमा काठमाडौं विश्वविद्यालयको सभाको ८९औं बैठकले यस संस्थालाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम काठमाडौं विश्वविद्यालयका विज्ञहरु सम्मिलित टोलीले मिति २०७८ वैशाख २२देखि २६ गतेसम्म कलेजेको प्रारम्भिक निरीक्षण गरि पेस गरेको प्रतिवेदनसमेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३(६)बमोजिम सम्बन्धनको लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १३(६) बमोजिम यस बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.लाई सम्बन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा निमानुसार काम कारबाही अगाडि बढाएको विषयलाई अतिरञ्जित गरि विदेशमा बसि विदेशी दलाल र विदेशमा एमबिबिएस, एमबी पढ्न पाउने मानवतस्कर तथा माफियाको योजना बमोजिम नेपाली पूँजि र विद्यार्थीहरुलाई विदेश लैजाने र विदेशमै अलपत्र पार्ने त्यसको ज्वलन्त उदाहरण चाइनाबाट आएर अलपत्र परेका एमबिबिएस पढ्दै गरेका १५२ जना विद्यार्थी आज मेडिकल काउन्सिलका अगाडि इन्टनसिप पाउँ भनि हारगुहार गर्दै रोई रोई हिँडेको देख्न सकिन्छ ।
सुनियोजित योजनाअनुसार निजले यस किसिमको धम्कीपत्र सार्वजनिक गरेकोले निजको धम्कीपत्रबाट कुनै पनि राष्ट्रप्रेमी नेपाली भ्रममा नपर्नहुन हार्दिक अनुरोध गर्दर्छाैं’,जारी विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here