फाइजर र एस्ट्राजेनेकाको खोप भारतीय भेरियन्टको कोरोनाविरूद्ध पनि प्रभावकारी


९ जेष्ठ २०७८, आईतवार १०:२१ मा प्रकाशित

काठमाडौँ । फाइजर र अक्सफोड–एस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरूद्धको खोप भारतमा देखिएको नयाँ भेरियन्टविरूद्ध पनि प्रभावकारी  भएको छ ।

खोपको दुई मात्रा नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको एक अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ ।खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता भारतमा देखिएको भेरियन्टमा पनि प्रभावकारी भएको बेलायती स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अध्ययनमा फाइजर–बायोएनटेकको खोप भारतमा देखिएको कोरोना भाइरसको बी १.६१७.२ भेरियन्टमा दोस्रो मात्रा लगाएको दुई हप्तापछि लक्षणसहितको संक्रमणविरुद्ध ८८ प्रतिशत प्रभावकारिता देखिएको हो ।बेलायतमा देखिएको बी.१.१.७ भेरियन्टविरुद्ध यो प्रभावकारिता ९३ प्रतिशत थियो ।

यस्तै एस्ट्राजेनेका खोपको दुई मात्रा भारतमा देखिएको भेरियन्टबाट हुने लक्षणसहितको संक्रमणविरुद्ध ६० प्रतिशत प्रभावकारी देखिएको रोयटर्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here