इजरायल र प्यालेस्टाइनबीच जारी युद्धमा आइतबार एकै दिन ४२ जनाको मृत्यु


३ जेष्ठ २०७८, सोमबार ०९:४५ मा प्रकाशित

इजरायल र प्यालेस्टाइनबीच जारी युद्धमा आइतबार एकै दिन ४२ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा १० जना बालबालिका पनि रहेको बीबीसीले जनाएको छ ।

गाजा क्षेत्रमा गत सोमबारदेखि जारी युद्धमा एकैदिन यति धेरै हताहती भएको यो पहिलो हो ।इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले यो साताभरीमा इजरायलमा तीन हजारभन्दा बढी रकेट प्रहार गरेका छन् ।सोमबार बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेको जनाइएको छ ।

युद्ध चर्किदै गएपछि अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरे पनि दुबै पक्ष पछि हटेका छैनन् ।संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छन् । उनले हिंसा तत्काल अत्या गर्न अपील गरेका छन् ।

एकहप्ताको अवधिमा गाजामा ५५ बालबालिका र ३३ महिलासहित कुल १८८ जनाको ज्यान गइसकेको अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here