एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलले आजदेखि काम थाल्दै


३ जेष्ठ २०७८, सोमबार ०९:११ मा प्रकाशित

काठमाण्डाै ।  नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलले आजदेखि काम थाल्दैछ ।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटकै अवस्थामा पुग्न थालेपछि विवाद मिलाउन कार्यदल बनेको हो ।कार्यदलले आजदेखि काम थाल्ने ओलीपक्षका तर्फबाट कार्यदलको नेतृत्व गरेका नेता सुवास नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो ।उहाँले नेताहरुबीच अनौपचारिक कुराकानी भइरहेको र दिउँसो औपचारिक रुपमै बैठक बस्न सक्ने जानकारी दिनुभयो ।

माधव नेपाल पक्षले पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ ।ओली पक्षले भने पार्टीमा धेरै घटनाक्रमको विकास भइसकेको र माओवादी केन्द्रबाट समेत नेताहरु एमालेमा प्रवेश गरेकाले नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने बताउँदै आएको छ ।

पार्टीभित्रको विवाद मिलाउन ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल र नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल,गोकर्ण विष्ट,सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको कार्यदल बनेको छ । कार्यदलले तीन दिनभित्र विवाद मिलाउने खाका बनाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here