कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार पुग्यो


२ जेष्ठ २०७८, आईतवार १८:४१ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृतक संख्या पाँच हजार एक पुगेको छ ।कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृत्युदर उच्च देखिएको छ । हालसम्म एकै दिन २२५ जनासम्मको मृत्यु भएको छ ।

पछिल्लो एक साता मृतक संख्या तीन अंकमा रह्यो ।वैशाख २६ गते ८८ जना, वैशाख २७ गते १३९, वैशाख २८ गते २२५ जना, वैशाख २९ गते १६८ जना, वैशाख ३० गते २१४ जना, वैशाख ३१ गते २०३ जना, जेठ १ गते १८७ जना र जेठ २ गते १४५ जनाको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here