झापा । कमल गाउँपालिकामा व्यवसायिकरुपमा उत्पादन हुँदै आएको तरकारी बारीमै कुहिन थालेको छ ।
कोरोना कहरका कारण बजार बन्द हुँदा ठूलो क्षेत्रको तरकारी बारीमै कुहिन थालेको हो ।
गत बर्ष पनि लामो समय बजार बन्द हुँदा तरकारी बालीबाट ठूलो क्षति व्यहोर्नु परेको र यस वर्षको बन्दले पनि ठुलो क्षति हुने कमल गाउँपालिका वडा नम्बर २ सिमलडाँगीका तोरण श्रेष्ठले बताए ।साइकलमा घरघरमा लगेको भरले मात्र विक्री गर्न नसकेकाले धेरै सागसव्जी बारीमै कुहिन थालेको अर्का किसान नवराज पौडेलको भनाई छ ।
अगुवा काँक्रा खेती गर्ने किसानले गत बर्ष भन्दा केही राम्रो मुल्य पाए पनि पछुवा काँक्रा बजार बन्द भए पछि बारीमै कुहिन थालेको किसानहरुको भनाई छ । झापामा करीब साढे ९ हजार हेक्टरमा व्यवसायीक तरकारी खेती हुँदै आएको छ ।





