राजीनामा दिने विषय अहिलेलाई टर्यो : एमाले नेता नेपाल


३० बैशाख २०७८, बिहीबार १८:३३ मा प्रकाशित

नेकपा एमालेको माधवकुमार नेपाल समूहले तत्काल सांसद पदबाट राजीनामा नदिने भएको छ ।

बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको जानकारी दिए ।

उनले ‘राजीनामा दिने विषय अहिलेलाई टर्यो ।’ भन्दै प्रतिक्रिया दिएका थिए ।

वार्तामा पार्टीभित्रको समस्यालाई सहमतिको आधारमा टुङ्ग्याउने सहमति भएको नेता नेपालले बताए ।

२०७६ फागुन २८ गतेको निर्णय सच्याउने र सर्वोच्चको फैसलाअनुसार २०७५ जेठ ३ गतेको अवस्थामा फर्कनुपर्ने विषय छलफल गर्नका लागि कार्यदल बनाउने दुवै नेताबीच सहमति भएको नेपालको भनाइ छ ।

उनले आफूले राखेको विषयमा प्रधानमन्त्री सकारात्मक भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here