सरकार गठनका लागि कांग्रेसको पदाधिकारी बैठक बस्दै


३० बैशाख २०७८, बिहीबार १६:२७ मा प्रकाशित

काठमाडौँ । आफ्नो नेतृत्वमा सरकार गठनका लागि दौडधुपमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेलाएको पदाधिकारी बैठक बस्दै छ ।

अहिले अपराह्न ४ बजे बस्ने भनिएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई समेत बोलाइएको बताइएको छ । बैठकमा पार्टीले सरकारमा दाबी पेश गर्ने विषयमा छलफल हुने बताइएको छ ।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

देउवाले बिहीबार बिहान जसपाका अध्यक्ष ठाकुर र नेता महतोलाई आफ्नो निवास बुढानीलकण्ठ मै छलफल गरेका थिए ।

गएको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here