आज एकैदिन १६८ जनाको मृत्यु, सक्रिय संक्रमित एक लाख नाघे


२९ बैशाख २०७८, बुधबार १७:०४ मा प्रकाशित

काठमाडौं । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको हो ।

जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १ सय ६८ जना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here