कोरोना संक्रमणबाट प्रदेशसभा सदस्यसहित थप २८ जनाको मृत्यु


२९ बैशाख २०७८, बुधबार १४:०७ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न जिल्लामा थप २८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंसहित २८ जनाको ज्यान गएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जनाएका छन्। मृत्यु हुनेमा बाँकेमा १२, चितवनमा ८, बुटवलमा ६ र सुनसरीमा एक जना छन्।

बाँकेमा मात्रै १२ जनाको ज्यान गएको छ। मृत्यु हुनेहरुमा बर्दियाकी ४७ वर्षीया महिला, सल्यानका ५० वर्षीय पुरुष, बाँके नेपालगन्जकी ४९ वर्षीया महिला, ४४ वर्षीय पुरुष, मधुवनका ५५ वर्षीय पुरुष, कोहलपुरकी ३० वर्षीया महिला, कोहलपुरकै ४५ वर्षीया महिला, बर्दिया बढैयातालका ६५ वर्षीय पुरुष, दाङ तुल्सिपुरका ६६ वर्षीय पुरुष र कैलालीका ६० वर्षीय पुरुष रहेका छन् । यस्तै नेपालगन्ज मेडिकल कलेजमा कोहलपुरका ४१ वर्षीय पुरुष र ६४ वर्षीया महिलाको मृत्यु भएको छ।

चितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा स्थानीय ३८ वर्षीय पुरुष, सर्लाही लालबन्दीका ७३ वर्षीय बृद्ध, र गुल्मी मुसिकोटका ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै पुरानो मेडिकल कलेजमा बारा निजगढकी ६५ वर्षीया महिला र गुल्मीको रेसुङ्गा नगरपालिकाका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा भरतपुरकी ५७ वर्षीया महिला, गुल्मीको दरबारदेवस्थल गाउँपालिका–७ का ५० वर्षीय पुरुष र नवलपरासी ९वर्दघाट–सुस्ता पश्चिम० सुनौलका ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

रुपन्देहीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा ५ जना रुपन्देहीका र एक जना पाल्पाका रहेको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाँच पुरुष र एक महिला छन् । यस्तै धरानका ७० वर्षीय बृद्धको बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

यस्तै नेकपा एमालेका नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ। केही दिनअघि संक्रमित भएपछि मनमोहन अस्पतालमा उपचाररत चौलागाईंको गएराति मृत्यु भएको हो। उनी गत निर्वाचनमा दोलखा ९ख० बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here