गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत


२६ बैशाख २०७८, आईतवार १७:३७ मा प्रकाशित

झापा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।

गुरुङविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची थियो ।

आफ्ना पक्षमा बहुमत नपुग्ने देखेपछि गुरुङले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री गुरुङले दिनुभएको राजीनामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वीकृत पनि गरिसक्नुभएको छ ।

त्यसअघि आइबार नै नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here