झापा। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ हजार २२ जना मुक्त भएका छन् । यो अवधिमा कोरोनाका कारण ५२ जनाको निधन भएको छ। ८८ हजार १ सय ६० सक्रिय संक्रमित छन् भने होम आइसोलेसनमा ८१ हजार ४ सय ३० जना रहेका छन्।
आज जम्मा ८ हजार ८ सय ५० जनामा संक्रमण भएको छ। आज जम्मा १८ हजार ७८७ नमुना संकलन गरी परीक्षण गरिएको थियो।
५ सय ६ जनाको एन्टिजेनबाट परीक्षण गरिएको हो। गत २४ घण्टामा ८ हजार ७ सय ७७ जनामा पिसिआर विधिबाट र एन्टिजेन विधिबाट ७३ जनामा कोरोना पुष्टि भएको छ।





