झापा । कोरोना भाइरस संक्रमणको जोखिम दिन प्रतिदिन थपिदै गइरहेको बेला युनाईटेड रिभर साइड युथ फाउण्डेसन विर्तामोडले सार्वजनिक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
विर्तामोड नगरपालिकाको सहकार्यमा शनिबार मुक्तिचोकमा भेला भएका फाउण्डेसनका पदाधिकारी र सदस्यहरुले सवारी चालक तथा सर्वसाधारणलाई मास्क,सेनीटाईजर वितरण गरेका हुन् ।स्वास्थ्य सामाग्री वितरणकार्यक्रमका विच जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई समेत ५ लिटर सेनीटाइजर र मास्क प्रदान गरीएको छ ।संस्थाका वरिष्ट उपाध्यक्ष राज पौडेल तथा महासचिव रेवती खनाल लगायतले जिल्ला ट्राफीक प्रहरी कार्यालय विर्तामोडका प्रहरी सहायक निरिक्षक याम खड्कालाई उक्त सामाग्री प्रदान गर्नु भएको हो ।
आगामी दिनमा पनि आवश्यक्ता अनुसार यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने वरिष्ट उपाध्यक्ष पौडेलले जानकारी दिनु भयो ।







