गृहमन्त्री थापाले एमाले तर्फबाट गराए उम्मेदवारी दर्ता


२४ बैशाख २०७८, शुक्रबार १३:४८ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट उमेदवारी दर्ता गराउनु भएको छ । आज शुक्रबार बादलले हेलिकप्टरबाट निर्वाचन कार्यालय मकवानपुरमा गएर उमेदवारी दर्ता गराउनु भएको हो ।

बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बस्नु भएको छ भने सामाजिक विकासमन्त्री सरस्वती बस्नेत समर्थकमा बस्नु भएको छ ।

त्यसैगरि, वाग्मती प्रदेशअन्तर्गत आउँदो जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उप निर्वाचनका लागि डा। खिमलाल देवकोटाको पनि उमेदवारी दर्ता भएको छ । उहाँ नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट साझा उमेदवार हुनुहुन्छ । तर उहाँले स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरि नेपाल मजदुर किसान पार्टीले वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ । तामाङलाई उमेदवार बनाउने निर्णय भएको नेमकिपाले जनाएको छ ।

माओवादीले बादललाई कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ४ बजेसम्म उमेदवारी मनोनयनको समय छुट्ट्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here