वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन


२३ बैशाख २०७८, बिहीबार १७:१७ मा प्रकाशित

काठमाडौं। वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।

८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि प्रधानलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।

सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here