विर्तामोड नगरपालिकाद्वारा सर्वसाधारणको लागि चार वटा ‘अटो रिक्सा’


२३ बैशाख २०७८, बिहीबार १८:३५ मा प्रकाशित

झापा ।  विर्तामोड नगरपालिकाले निषेधाज्ञाको समयमा सर्वसाधारणको सहजताका लागि चार वटा ‘अटो रिक्सा’ सञ्चालनमा ल्याएको छ ।
निषेधाज्ञाको समयमा कोरोना तथा कुनै पनि कारणले आकस्मिक विरामी परेमा हस्पिटलसम्म पुर्याउनका लागि यातायातको अभाव हुननदिन नगरपालिकाले ‘अटो रिक्सा’ भाडामा लिएर सञ्चालनमा ल्याएको हो ।बिहिबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले दैनिक २ वटाको दरले सञ्चालन हुने गरी ‘अटो रिक्सा’ विहान ६ बजे देखि राती ९ बजेसम्म जिल्ला ट्राफिक कार्यालयमा सेवाको लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

कसैलाई आकस्मिक हस्पिटल जानु पर्ने भएमा नगरका १० वटै वडाका सर्वसाधारणका लागि यो सुविधा उपलव्ध गराईएको नगरपालिकाले जनाएको छ ।यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको फोन ०२३–५३०२९९ वा ९८५२६८२२९९मा सम्पर्क गर्नु पर्ने छ ।‘अटो रिक्सा’ चालकहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले उनीहरुलाई पिपिइसमेत उपलव्ध गराएको छ ।

बैठकमा विर्तामोड नगरपालिका कोभिड संयोजक ओमबहादुर खड्का,इलाका प्रहरी कार्यालय अनारमनि विर्तामोडका प्रमुख डिएसपी सन्तोष आचार्य,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रुमख निशेष चापागाई,प्रहरी नायब निरिक्षक राजकुमार बस्नेत,पुर्वेली मजदुर यातायात प्रा.लीका अध्यक्ष हरिप्रसाद वास्कोटा,पुर्वेली मजदुर यातायात प्रा.लीका सचिव गणेश कोइराला,अखिल नेपाल अट्टो मजदुर संघका सदस्य सराफ शेख,नेपाल ठेला रिक्सा संघका हसिवु शेखलगायतको उपस्थिति रहेको थियो ।नगरपालिकाले एम्वुलेन्ससमेत यस अघि देखिनै तयारी अवस्थामा राखेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here