झापामा चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु


२१ बैशाख २०७८, मंगलवार ११:२३ मा प्रकाशित

भद्रपुर। झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता राकेश थापाका अनुसार सोमबार राति १०:५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।

मृतक ठाकुर ४७ वर्षका थिए । भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here