झापा । झापाको विर्तामोड नगरपालिकाले आज एकैदिन तिनवटा वडामा आधारभुत स्वास्थ्य केन्द्र भवनको शिल्यानास गरेको छ ।
वडावासीलाई घरआगनमै स्वास्थ्य सेवा पुर्याउने उदेश्यले आधारभुत स्वास्थ्य केन्द्रका लागि नगरपालिकाले वडा नम्बर ७,९ र १० मा स्वास्थ्यकेन्द्र भवनको शिलान्यास गरेको हो । भवनको एक कार्यक्रमकाबिच प्रमुख अतिथि प्रदेश नम्बर १ सांसद एकराज कार्की र बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले संयुक्त रुपमा शिल्यान्यास गरेका थिए ।
विर्तामोड नगरपालिका वडानम्बर ७ खालवारीमा ४ कोठे स्वास्थ्य केन्द्र भवन निमार्णका लागि २९ लाख रुपैयाँ छुट्याईएको छ । स्थानीय तुलसीप्रसाद कडरिया, श्रीप्रसाद उप्रेती, प्रदिप खरेल लगायतका समाजसेवीहरु मिलेर करिब १ करोड रुपैयाँ मुल्य बराबरको साढे पन्ध्र कठ्ठा जग्गा प्रदान गरेपछि स्वास्थ्य केन्द्र भवनका लागि शिलान्यास गरीएको हो ।
यस्तै वडा नम्बर ९ को सतासिंह टोलमा पनि २९ लाख रुपैयाँको लागतमा ४ कोठे स्वास्थ्य केन्द्र भवन निर्माण हुने भएको छ ।स्वास्थ्य केन्द्र निमार्णका लागि सोहि वडाका समाजसेवी रोमप्रसाद पाठक र तुलसा पाठकले २ कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएका थिए ।
यस्तै वडा नम्बर १० को तेलकानीमा ६३ लाख रुपैयाँको लागतमा ६ कोठे १ तले भवन निर्माण हुने भएको छ । स्वास्थ्य केन्द्रको भवन निमार्णका लागि स्थानीय समाजसेवी श्रीप्रसाद शिवाकोटीले २ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका छन् ।





