चिनियाँ राजदूतको हत्या गर्न पाकिस्तानमा होटलभित्रै बम विस्फोट


९ बैशाख २०७८, बिहीबार ०९:२२ मा प्रकाशित

काठमाडौं । पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङको हत्या प्रयास भएको छ । विस्फोट हुँदा होटलमा रहेका कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। ।

उनको हत्या गर्न क्वेटा शहरस्थित मशहुर सेरेना होटेलमा बलूच पृथकतावादी सशस्त्र समूहले बम विस्फोट गएको हो। घटनाको जिम्मेवारी भने पाकिस्तानी तालिवानले लिएको छ।

विस्फोटका बेला क्वेटा शहरमै भएपनि चिनियाँ राजदूत सो होटलमा पुगेका थिएनन्। सेरेना होटल क्वेटा शहरकै सुविधासम्पन्न मानिन्छ। त्यहाँ सरकारी अधिकारीहरू र सार्वजनिक छवी भएका व्यक्तिहरू पुग्ने गर्छन्।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले कारमा विस्फोटक भरेर होटलमा विस्फोट गराएको पाइएको जानकारी दिएका छन्।

हमला भएका बेला चीनका राजदूत क्वेटाकै अर्को स्थानमा आयोजित समारोहमा थिए।

बलूचिस्तानमा पृथकतावादी समूहले लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएको छ। यो विद्रोहलाई भारतले सघाउने गरेको आरोप छ।

तर, सो क्षेत्रमा चीनले निकै ठूला विकास परियोजना सञ्चालन गरेको छ। बलूच विद्रोहीले चिनियाँ परियोजनाको विरोध गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here