खाडी मुलुक हिँडेका १२२ जना त्रिभुवन विमानस्थलबाट फिर्ता


८ बैशाख २०७८, बुधबार १५:२६ मा प्रकाशित

काठमाडौँ । वैदेशिक रोजगारका शिलशिलामा खाडी मुलुक हिँडेका १२२ जना युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काइदिएको छ ।

नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा उनीहरूलाई विमानस्थलबाटै फर्काइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

फर्काइएको यात्रु नेपाली र केही भारतीय छन् । उनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए ।

बाँस्तोलाका अनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना र सलाम एयरका ३२ जना गरी १२२ जनालाई फर्काइएको हो । यीमध्ये ७२ जना नेपाली, ४९जना भारतीय र १ जना पाकिस्तानी नागरिक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here