नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च जाने


८ बैशाख २०७८, बुधबार १४:१९ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च जाने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणविरुद्ध नेपाल समूह सर्वोच्च अदालत जाने भएको हो ।

आज बसेको नेपाल समूहको बैठकले अध्यक्ष ओलीले पहिलो चरणमा स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावललगायत अदालत जाने भएका हुन् ।

नेपाल समुहका स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेका अनुसार अहिले स्थायी कमिटी बैठक जारी छ । जारी बैठकमा सर्वोच्च जाने विषयमा छलफल भएको र बैठक सकिएपछि अदालत जाने पाण्डेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here