२७ सांसदलाई स्पष्टिकरण सोध्ने नेकपा एमालेको तयारी


७ बैशाख २०७८, मंगलवार १४:०९ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ नेकपा एमालेले संघीय संसदका २७ सांसदलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

पार्टीको हितविपरीत काम गरेको भन्दै २७ सांसदलाई स्पष्टिकरण सोध्न लागेको हो । गएराति नै स्पष्टिकरण सोध्ने सांसदको सूची तयार पारेको एमालेले स्पष्टिकरण चित्तबुझ्दो नभए थप कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

स्पष्टिकरण सोधिएकाले चित्तबुझ्दो जवाफ नदिए आगामी १० गते बोलाइएको केन्द्रीय कमिटी बैठकबाट थप कारबाही प्रक्रिया अघि बढाइने एमाले स्रोतले जनाएको छ ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको समय राखेर स्पष्टिकरण सोध्न लागेको एक नेताले बताए ।

त्यस्तै पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पूष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई स्पष्टिकरण सोधिने छ ।

पार्टीले स्पष्टिकरण सोध्न लागेका सांसद सबै प्रतिनिधिसभा सदस्य हुन् । त्यस्तै, कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदलाई पनि कारबाहीको तयारी गरिएको छ । उनीहरुलाई पनि स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारबाही गर्ने तयारी गरिएको छ ।

कर्णाली प्रदेश प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओलीलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here