भारतमा एकै दिन थपिए एक लाखभन्दा बढी कोरोना संक्रमित


२३ चैत्र २०७७, सोमबार ०९:३७ मा प्रकाशित

भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ तीव्र दरमा बढेको छ। पछिल्लो २४ घण्टामा यस वर्षको सबैभन्दा बढी एक लाख ३ हजार ७९३ संक्रमित भेटिएका छन्। अघिल्लो दिन ९३ हजार २४९ जना संक्रमित भेटिएका थिए।

यस्तै‚ सोही अवधिमा ४७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अघिल्लो दिन ५१३ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २३ हजार कोरोना सक्रमित थपिएका छन्। जसमध्ये फ्रान्समा ६० हजार ९००, टर्कीमा ४२ हजार, अमेरिकामा ३६ हजार २००, ब्राजिलमा ३१ हजार ३००, पोल्याण्डमा २२ हजार ९०० र इटलीमा १८ हजार संक्रमित थपिएका छन्।

यस्तै‚ सोही अवधिमा विश्वभर झण्डै साढे ६ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन्। जसमध्ये ब्रजिलमा सबैभन्दा धेरै १२ सय ३३ जनाको मृत्यु भएको छ। इन्डोनेसियामा ४२७, रसियामा ३५७, इटलीमा ३२६ र अमेरिकामा २५८ जनाको मृत्यु भएको छ। विश्वभर १३ करोड १८ लाख मानिसमा कोरोना संक्रमण पुष्टि हुँदा मृत्यु हुनेको संख्या २८ लाख ६५ हजार पुगेको छ। १० करोड ६१ लाख मानिस संक्रमणमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here