खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


२० चैत्र २०७७, शुक्रबार ०९:३६ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। शुक्रबार बिहान ११ बजे कलंकीस्थित एक वैंक्वेटमा बैठक बस्ने तय भएको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले विधान संशोधन, केन्द्रीय कमिटी विस्तार तथा महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल समूहले देशव्यापी समानान्तर संरचना निर्माण गर्दै जाने तयारी गरेको छ।

उक्त समूहले अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायत समान्तनर कमिटि बनाइसकेको छ। बिहीबार मात्रै गण्डकी प्रदेशका विभिन्न जिल्लामा समामान्तर कमिटी गठन गरेको छ।

कास्कीमा बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रमा पनि समानान्तर संरचना निर्माण गर्ने घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here