नेकपा एकता भंग गर्ने फैसलाविरूद्धको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश सम्मिलित इजलासमा


१९ चैत्र २०७७, बिहीबार ११:१२ मा प्रकाशित

काठमाडौँ । नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध दर्ता भएको पुनरावलोकन मुद्दामा आज सुनुवाई हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाईका लागि आफूसहितको पूर्ण इजलास बनाएका छन् । इजलासमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् ।

नेकपाको ‘नाम’ सम्बन्धी मुद्दाको फैसलामा फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपाको एकता नै अवैध ठहर गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो ।

सो फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेका थिए ।

एकता भंग गर्ने फैसला कानूनी नभई सर्वोच्चको राजनीतिक निर्णय रहेको माओवादी केन्द्रको दाबी छ । सर्वोच्चले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई वैधता प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here