प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा झण्टै २ घण्टा भेटवार्ता


१५ चैत्र २०७७, आईतवार १७:१० मा प्रकाशित

काठमाडौँ । सभामुख अग्नि सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओलीका बिचमा भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा पुनः स्थापनापछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाकाबीच पहिलोपटक भेट भएको हो । यसअघि सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेट गर्नका लागि पहल गरिरहेको तर समय नमिलेको बताएका थिए ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘आजको भेटका क्रममा संसदलाई प्रभावकारी बढाउने विषयमा र संसदमा रहेको विधेयकका विषयमा छलफल भएको हो ।’

न्यौपानेका अनुसार आज बिहान ११ बजे प्रधानमन्त्रीसँग छलफलका लागि सभामुख सापकोटा बालुवाटार पुगेका थिए ।

झण्डै २ घण्टा बढी छलफल भएको जनाइएको छ । कार्यपालिका र व्यवस्थापिकाका प्रमुखका बीचमा लामो समय छलफल नभएको अवस्थामा आज भएको छलफलले सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here