प्रदेश २ को प्रदेशसभा बैठक चैत ३० गते बस्ने


१५ चैत्र २०७७, आईतवार १९:२४ मा प्रकाशित

जनकपुर । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले प्रदेशसभाको अधिवेशनको आह्वान गरेका छन् ।

प्रदेश प्रमुख अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौँ अधिवेशनको आह्वान गरेका हुन् ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here