होली पर्वका अवसरमा उपत्यकामा ट्रफिक चेकिङमा कडाइ


१५ चैत्र २०७७, आईतवार १३:४७ मा प्रकाशित

काठमाडौँ । आज होली पर्वका अवसरमा ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेको छ ।

मदिरा सेवन गरी सवारीसाधन दुर्घटना कम गर्न उपत्यकाका चोक-चोकमा ट्राफिक प्रहरीले चेकिङ कडा पारेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिउँसो १ बजेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाट दुई सय २३ सवारीसाधन समातिएका छन् ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले आज ट्राफिक चेकिङ कडा पारिएको जानकारी दिए । उनले भने, ‘उपत्यकाभित्रका ९० ठाउँमा चेकिङ प्वाइन्ट राखेका छौँ । पर्वलाई मध्यनजर गरी दुर्घटना कम गर्ने लक्ष्य राखेर चेकिङ गरेका हौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here