ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष नजाने


४ चैत्र २०७७, बुधबार १७:०९ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रमुख सचेतक भट्टराईले नेपाल पक्षसहित सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिए ।

यता माधव नेपाल समूहले भने बैठकमा सहभागी नहुने बताएको छ । नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा आफूहरु सहभागी नहुने जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here