काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दैछ । दिउँसो नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा पनि सरकारका तर्फबाट विभिन्न अध्यादेश पेश नहुने भएका छन् ।
बैठकको सूची तय गर्न हिजो बसेको कार्य व्यवस्था समितिको बैठक बिना निष्कर्ष सकिएपछि सरकारले पेश गर्ने विभिन्न अध्यादेश अन्योलमा परेका हुन् ।
कार्य व्यवस्था परामर्श समतितिको बैठकमा कानुन मन्त्री नै अध्यादेश पेश गर्न तयार नभएको बताइएको छ ।
दफा ९३ लाई निलम्बन गरेर आजको बैठकमा अध्यादेश पेश गर्नेबारे कुरा उठे पनि कानुनमन्त्री लीला श्रेष्ठले प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने बताएपछि त्यसबारेमा कुनै निर्णय नभएको हो ।





