राष्ट्रपतिको आह्वानमा आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै


३ चैत्र २०७७, मंगलवार ०८:३९ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पुर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ सचिव टीका ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपतिले यसअघि नै दलहरू सङ्ग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासंगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ ।

आगामी राजनीतिक परिस्थिति र संकटको निकासबारे छलफल गर्न राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here