विश्वभर १२ करोड भन्दाबढी कोरोना संक्रमित


१ चैत्र २०७७, आईतवार ०८:४० मा प्रकाशित

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ३५ हजार ५९० पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ८ लाख ३ हजार ६८९ छ । यसमध्ये ८९ हजार २७१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख ५८ हजार ८८७ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ४६ हजार ५६७ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here