मकवानपुरमा ट्रक र बस ठोक्किँदा तीन जनाको ज्यान गयो, १० घाइते


२९ फाल्गुन २०७७, शनिबार १३:२४ मा प्रकाशित

मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका–६ सुनाचुरीमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बसमा रहेका अरु १० जना घाइते भएका छन् ।

बिहान ३ बजे वीरगन्जबाट चितवनका लागि छुटेको ना ४ ख ५१४९ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको ना ६ ख ८९ नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो।

दुर्घटनामा परेर बस चालक वीरगन्ज–१५ का ३५ वर्षका मदनकुमार थापा, बसमा रहेका भारत सिस्वाका ४० वर्षका अभयलाल कुश्वाह र भारत विहारका ४० वर्षका सुनिलकुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले बताउनुभयो ।

घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बसका चालक थापा र सुनिलकुमारको उपचारको क्रममा चितवनमा रहेको पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौँडा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here