अर्को प्रधानमन्त्रीको खोजी भएको छैन : रावल


२७ फाल्गुन २०७७, बिहीबार १६:५१ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अर्को प्रधानमन्त्री खोज्ने गरी छलफल नभएको बताएका छन् ।

आज नेकपा एमाले माधव नेपाल झलनाथ खनाल पक्षको अनौपचारिक भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका बारेमा कुराकानी नभएको बताए ।

उनले आफूहरुको भेला गुटगत नभएको दाबी गरे । आजको भेलालाई उनले नीतिगत छलफलका लागि भेटघाट गरेको बताए ।

उनले भने, ‘हामीले केही नीतिगत छलफल गरेका छौँ । अर्को प्रधानमन्त्रीको खोजी भएको छैन । यो समूहगत भेला होइन । बालुवाटारमा पनि नियमितजस्तो भेटघाट चलिरहेका छन्, कसरी अघि बढ्ने भन्ने रणनीति तय भएको छ । हामीले पनि त्यही गरेका हौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here