वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत नआए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताएका छन् ।
प्रेस संगठन नेपाल (ओली) समूहले वीरगञ्जमा आज गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजिनामा दिने जिकीर गरेका हुन् ।
राजनीतिक निकास नदिए ताजा जनादेशमा जानुपर्ने अवस्था आउन सक्ने उनको भनाई थियो । उनले अन्य दलसँग सहकार्य र गठनबन्धनको सम्भावना पनि उत्तिकै रहेको बताए ।
पोखरेलले पूर्नजीवित नेकपा एमालेले सबै कम्युनिष्ट पार्टीलाई समेटेर अघि बढ्ने बताए । अर्को एक प्रसंगमा उनले वीरगञ्ज नाकालाई सहज बनाउने र वीरगञ्ज पथलैया छ लेन सडकमा देखिएको समस्या समाधान गर्ने आश्वासन पनि दिए ।





