धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने


२५ फाल्गुन २०७७, मंगलवार ०८:१५ मा प्रकाशित

काठमाण्डौ – सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राखिने भएको छ ।

सर्वोच्च अदालतको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्युँतिएका हुन् ।

एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।

धुम्बाराहीमा रहेकाे एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेर्ने तयारी भएको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here