मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु


२४ फाल्गुन २०७७, सोमबार ११:०२ मा प्रकाशित

मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ । सयौं मानिसहरू घाइते भएका छन्।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार बाटा शहर नजिकै एक सैनिक ब्यारेकनेर श्रृंखलावद्ध बिस्फोट भएको थियो। विस्फोटमा परी ४२० जना घाइते भएका बीबीसीमा उल्लेख छ ।

गिनीका राष्ट्रपतिले ब्यारेकमा राखिएको डायनामाइटको भण्डारण लापरवाहीपूर्वक गरिएका कारण विस्फोट भएको बताएका छन्।

दुर्घटना पश्चात सामाजिक सञ्जालमा केही तस्वीरहरू सार्वजनिक भएका छन्, जहाँ शहरमाथि धुवाँ नै धुवाँ देखिन्छ ।

त्यहाँको सरकारी टेलिभिजनबाट केही फूटेज सार्वजनिक भएका छन्। ती फूटेजमा मानिसहरूको ज्यान गइरहेको र घाइतेहरूले सहयोग माग्दै चिच्याइरहेको देखिएको छ ।

सरकारले ट्वीट गर्दै घाइतेहरूलाई अस्पताल र्पुयाउन स्वास्थ्य कार्यकर्ताहरूलाई आग्रह गरिरहेको छ । साथै, घाइतेहरूको उपचार गर्न आवश्यक रक्तदान गर्न पनि आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here