साविक नेकपा दाहाल–नेपाल समूहको आज स्थायी कमिटी बैठक, एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलामा आधिकारिक धारणा तय गर्ने ।


२४ फाल्गुन २०७७, सोमबार ०८:४० मा प्रकाशित

काठमाडौँ । साबिक नेकपाको दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल(नेपाल समूहले बैठक बोलाएको हो ।

बैठकमा अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको श्रेष्ठले बताए ।

सर्वोच्चले ऋषि कट्टेलको नाममा नेकपा रहने फैसलाका बारेमा दाहाल(नेपाल पक्षले आजै आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

आइतबार साँझ सिंहदरबारमा कानूनबिद्संग छलफल गरेपछि पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको निर्णयपछि आफूहरु छलफलमा जुटेको भन्दै सोमबार धारणा सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

प्रचण्डले सर्वोच्चको फैसला अनापेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै सोमबार आवश्यक निर्णय गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here