सुरुङमा हुलिएको मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने


२२ फाल्गुन २०७७, शनिबार ०८:२४ मा प्रकाशित

काठमाडौं । आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्दैछ।

​२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते हुलिएको पानी सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै जाँदैछन्‌।

वि.सं. २०५८–५९ देखि आयोजना निर्माण थालिएपनि झण्डै दुई दशकपछि काठमाडौंमा पानी झार्न लागेको हो।

सिन्धुपाल्चोकबाट सुरुङमार्फत पठाइएको पानी झार्न तयार पारिएको स्थान सुन्दरीजलमा प्रशोधन केन्द्र बनाइएको छ। यहाँ २६ किलोमिटर लामो सुरुङमा सिन्धुपाल्चोकबाट हुलिएको पानी झर्नेछ।

सुरुङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्‌।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here