गुडिरहेको मालवाहक ट्रकमा आगलागी, जलेर पूर्ण रुपमा क्षतिग्रस्त


२१ फाल्गुन २०७७, शुक्रबार १८:३५ मा प्रकाशित

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा गुडिरहेको मालवाहक ट्रकमा अचानक आगलागी भएको छ ।

मेची राजमार्ग अन्तरगत चाराआलीबाट भद्रपुरतर्फ आउँदै गरेको ना २ ख ५८८१ नम्बरको मालवाहक ट्रकमा आगलागी हुँदा ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । ट्रकको अगाडी भागमा विद्युत् चुहावट भई आगलागी भएपछि ट्रक चालक भागेर ज्यान बचाएका थिए ।

ट्रकमा प्लाईका टुक्रा दाउरा लोड गरिएको थियो । कृषि विकास बैङ्क नजिकै ट्रकमा आगलागी भएपछि तत्काल भद्रपुर नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो निभाएका थिए ।

ट्रकमा आगो लागेपछि केही बेर सडक अवरुद्ध बनेको थियो भने स्थानीयको भिड समेत लागेको थियो । ट्रकमा लागेको आगोले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि तयार पारिएको स्वागत गेटमा समेत क्षति पुगेको स्थानीय बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here