विप्लव काठमाडौँ आइपुगे , आज राष्ट्रियसभामा आयोजित सभालाई सम्बोधन गर्ने


२१ फाल्गुन २०७७, शुक्रबार १३:१७ मा प्रकाशित

काठमाडौँ । सरकारसँग तीन बुँदे सहमति भएसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौँ आएका छन् ।

उनी आजै बिहान नवलपुरमा सार्वजनिक भएका थिए । विप्लव पश्चिम नेपाल रोल्पाबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए।

अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी बिहानै हिँडेका उनी काठमाडौँ आइपुगेका छन् ।

उनले आजै दिउँसो राष्ट्रिय सभामा आयोजित समारोह सम्बोधन गर्नेछन् । सभामा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्नेछन् ।

सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here