झापा । झापाको कनकाई नगरपालिका सुरुंगामा आज अपरान्ह भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनमा परी अन्य चार जना घाइते भएका छन् । राजमार्गमा कार, ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा धरानका दिपक क्षेत्री र सोलुखुम्बुका दिलिप लामाको मृत्यु भएको हो ।

अपरान्ह लगभग ४ः४५ बजे भएको दुर्घटनमा अञ्जु मगर, सुरेश मगर, मोटरसाइकल चालक शिवसताक्षीका ज्ञानबहादुर प्रसाई र उनकी श्रीमती सोनम श्रेष्ठ घाइते भएका छन् ।
घाइतेको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





